दफा २८
मुद्दा हेर्ने अधिकारी
(१) दफा २५ को उपदफा (२) बमोजिम प्रचलित कानून अन्तर्गत सजाय हुने मुद्वा त्यस्तो कानूनले तोकेको अदालतबाट सुरु कारबाही, सुनुवाइ र किनारा हुनेछ र त्यस्तो कानून बमोजिम सजायको व्यवस्था नभएको कारण यस ऐन बमोजिम मुद्दा चलाउनु पर्न भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।
(२) दफा २५ को उपदफा (३) को खण्ड (क) अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही सुनुवाइ र किनारा गर्ने अधिकार सम्बन्धित स्थानीय तहको न्यायिक समितिलाई हुनेछ ।
(३) दफा २५ को उपदफा (३) को खण्ड (ख) र (ग) अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही सुनुवाइ र किनारा गर्ने अधिकार बोर्डलाई हुनेछ ।